Homeअन्तर्राष्ट्रियटाेकियाेमा थप एक नेपाली काेराेना संक्रमित

टाेकियाेमा थप एक नेपाली काेराेना संक्रमित

जापानामा काेराेना संक्रमित नेपालीकाे संख्या ३ पुग्याे
Sagun Sandesh

टोकियो । टोकियोकाे रेष्टुरेन्टमा कार्यरत एक जना नेपाली युवामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यस संगै जापानमा काेराेना संक्रिमत नेपालीकाे संख्या ३ पुगेकाे छ ।

बुधवार संक्रमण पुष्टि भएका ३५ वर्षका पुरूष भएकाे नेपाली राजदूतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयाे। राजदूतावासका अनुसार उनलाई अस्पताल भर्ना गरी उपाचारको प्रकृया अघि बढाईएको छ । यसअघि उनी संगै कायर्रत रेस्टुरेन्टमा नेपाली पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे प्रकाेप जापानमा रहेका नेपालीहरूमा पनि देखिन थालेकाे छ । टोकियोकाे इकेबुकुराे स्थित एक नेपाली रेष्टुरेन्टमा कायर्रत २ पुरूष तथा ईबाराकी केनमा १ महिला गरि जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको हाे । ईबाराकी केनमा संक्रमित भई उपचार गराइरहेकी नेपाली युवती भने निकाे भएकाे जनाइएकाे छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय