Homeजापान विशेषटोकियोमा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा बिहिवार १३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानी समाचार संस्था एन्एचकेले दिउँसो प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। बिहिवार दिउसो ५ बजेसम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ३ हजार ५ सय ७३ पुगेको छ ।

टोकियो महानगर भित्र कोरोना संक्रमित भएकी ६३ बर्षिया जापानी चर्चित अभिनेत्री ओखाए कुमिको टाेकियाेमा निधन भएकाे एनएचकेले जनाएकाे छ । आज एकैदिन ६ जनाको निधन भएको जनाइएकाे छ ।

जापानभरमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री शिन्जो आबे लगायत विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेकाछन ।

मर्मतका लागि बन्दरगाहमा राखिएको पानीजहाजका यात्रुमा काेराेना संक्रमण

योकोहामामा रहेको डाइमण्ड क्रुज पानीजहाजको कोरोना संक्रमणको घटना पछि जापानमा अर्को एक जहाजमा पनि कोरोना भाइरसको संक्रमण बढेको छ । मर्मतका लागि नागासाकी बन्दरगाहमा राखिएको एक क्रुज पानीजहाजमा रहेका थप १४ बिहिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म सो जहाजमा रहेका ४८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जापानी संचारमाध्यमहरूले जनाएका छन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय