Homeजापान विशेषटोकियोमा आज १६१ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज १६१ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार १ सय ६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानी समाचार संस्था एन्एचकेले दिउँसो प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ।शुक्रवार दिउसो ५ बजेसम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ३ हजार ७सय ३३ पुगेको छ ।

जापानभरमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री शिन्जो आबे लगायत विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेकाछन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय