टोकियो । जापानको राजधानी टोकियोमा मङ्गलवार ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
टोकियोका विभिन्न स्थानहरुमा गरि ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एन्एचकेले जनाएको छ। गत आइतवार र साेमवार एक सय भन्दा कम रहेकाे संक्रमितको संख्या मङ्गलवार भने एक सय भन्दा बढेको छ । मङ्गलवार साँझ सम्म टाेकियाे महानगर भित्र संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ । जसमध्ये हालसम्म टाेकियाेमा १ हजार २ सय ६१ जना निको भएका छन भने १ सय ८ जनाको मृत्यु भएको छ ।