टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
टोकियोका विभिन्न स्थानहरुमा गरि ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एन्एचकेले जनाएको छ। गत आइतवार र साेमवार एक सय भन्दा कम रहेकाे संक्रमितको संख्या मङ्गलवार भने एक सय भन्दा बढेको थियाे । आज (बुधवार) तुलनात्मक रूपमा संक्रमितको संख्या घटेकाे छ ।
बुधवार साँझ सम्म टाेकियाे महानगर भित्र संक्रमितको संख्या ४ हजार १ सय ६ पुगेको छ ।