टोकियो । जापानमा संकटकालको अवधी थप एक महिना लम्बिने भएको छ । जापान सरकारद्वारा आवश्यक छलफल र प्रकृया पछि घोषणा गरिने बताईएको छ ।
कोरोना संक्रमणको प्रकोप उल्लेख्य रुपमा न्यूनिकरण हुन नसकेपछि जापान सरकारले थप एक महिना संकटकालको अवधि बढाउने निर्णय गरेको सरकारी अधिकारीहरुलाई उधृत गर्दै जापानी संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री शिन्जो आवेले यसबारे ठोस अध्ययन गर्नका लागि आज साँझ सरकारका सल्लाहकार समितिका अध्यक्षसँग बैठक गर्ने जनाईएको छ ।
जापान सरकारले चिकित्सा क्षेत्रको अवस्था र प्रगतिका बारेमा बिश्लेषण गर्न आगामी १ तारिक विशेषज्ञ बैठक गरी ४ तारिक अन्तिम निर्णय लिईने जापानी टेलीभिजन आसाहीले जनाएको छ ।
प्रधानमन्त्री शिन्जो आवेद्वारा कोरोना भाईरसको प्रकोप न्यूनिकरण गर्नका लागि सुरुमा ७ वटा प्रान्तमा लागु गरिएकाे संकटकाल अप्रिल १६ तारिक देखि जापानभर मई ६ तारिक सम्मका लागि लागु गरिएको थियो ।