टोकियो । जापानमा थप एक नेपाली महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस सँगै जापानमा काेराेना संक्रमित हुने नेपालीको संख्या ७ पुगेको छ ।
पारिवारिक श्राेतका अनुसार एक साता अघि खानागावामा संक्रमित भएका अर्याल थरका ४८ बर्षिया पुरुषकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि श्रीमानमा काेराेना पाेजेटिभ देखिएपछि संगै बस्दै आएकी उनकाे काेराेना जाँच गरिएकाेमा शुक्रवार काेभिड १९ काे नतिजा पाेजेटिभ आएकाे अस्पतालले जानकारी गराएकाे थियाे ।
हाल दुवैजनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारी गराइएकाे छ ।