टोकियो । तमु धीं जापानद्वारा कोभिड-१९ सहयोग समिति गठन गरेकाे छ । तमु धीं जापानले कोरोना भाईरस (कोभिड-१९) सक्रमणका कारण समस्यामा रहेका तमु तथा गैर तमु नेपालीहरुको लागि तमु धी जापानका अध्यक्ष सौगात गुरुङको संयोजकत्वमा ७ सदस्यीय सहयोग समिति गठन गरेको हाे ।
चिनको वुहानबाट शुरु भएको संक्रमणले जापानमा पनि जापानबासी तमु सहित सम्पूर्ण नेपालीहरूलाई काेरेना महामारीका कारण समस्याहुन सक्ने भएकाले सहयोग समिति गठन गरिएकाे संयोजक सौगात गुरुङले बताउनु भयो।
सफलताका २५औं बर्ष पार गरि २६ बर्षमा प्रवेश गरेको “तमु धीं जापान” जापानको पुरानो मध्येको क्रियाशिल संस्था हो । जापान सरकारले दिने बिभिन्न सेवा तथा सुबिधाहरुमा भाषागत तथा विभिन्न समस्यले सेवा लिन नसकिरहेका गुरुङ्ग तथा गैर गुरुङ्गहरुको सेवा र सहयोगको लागि सहयोग टिम बनाई समस्यामा परेका सबै नेपालीहरुलाई धींले सहयोग गर्ने जनाएको छ ।
कोरोनाका कारण अहिले आफ्नाे नियमित तथा बार्षिक कार्यक्रमहरु पनि अनलाइनबाट वैठक गरेर निर्णय गर्ने गरेको धींले जनाएको छ ।
तमु धीं जापान कोभिड-१९ सहयोग समिति तथा सम्पर्क नम्वरहरूः
- संयोजक : सौगात गुरुङ्ग – 09098419697
- सदस्यहरु :-
- सोममाया गुरुङ्ग – 08056092433
- चित्र गुरुङ्ग – 08033619816
- भिम गुरुङ्ग – क्युसु 09029614275
- आशिष गुरुङ्ग- नागोया – 08098456768
- जीवन गुरुङ्ग – 08041192035
- नविन गुरुङ्ग – 08096620813