टोकियो । जापानमा एक नेपाली युवाकाे निधन भएकाे छ । रोजगारीका लागि ४ बर्ष अघि जापान आएका पोखरा-५ , पस्याङ घर भएका सुविन सुबेदीको मंगलवार बिहान मस्तिष्कघातका कारण मृत्यु भएको बताईएकाे छ ।
कुक भिषामा श्रीमती सहित जापानको साईतामा प्रान्तको सिकि सहरमा बसोबास गर्दै आएका ३४ वर्षिया सुबेदी सोमबार बिहान सुतेको स्थानमा नै मृत भेटिएका हुन् । जापान प्रहरीले मंगलवार साँझ परिवारलाई दिएको पोष्टमार्टम रिपोर्ट अनुसार मस्तिष्कघातको कारण मृत्यु भएको खुल्न आएको छ ।
कास्की पोखरा समाज जापानका उपध्यक्ष सन्देश अधिकारीले दिएको जानकारी अनुसार मृतक सुबेदीको पारिवारिक सल्लाह अनुसार नै उनको दाहसंस्कार यहि साता जापानमा नै गर्ने तय भएको छ । सुबेदीको श्रीमती सहित ४ बर्षकी छोरी रहेका छन् ।