Homeअन्तर्राष्ट्रियटोकियोमा आज पनि ५ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा आज पनि ५ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानमा स‌ंकटकाल लागु भए यता आज तेस्राे पटक न्यून संख्या देखिएकाे हाे । यस अघि गत आईतवार र मंगलवार (हिजाे) पनि टाेकियाेमा ५ जना संक्रमित देखिइका थिए ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ५ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बुधवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार ७५ पुगेको छ ।

टाेकियाे लगायत जापनका ८ वटा प्रान्तमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री शिन्जो आबे लगायत विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेका छन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय