टोकियो । नेपालमा महिला तथा बालबालिका माथि लगातार भईरहेकाे आपराधिक क्रियाकलाप प्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान(एनआरएनए), महिला फाेरमले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
कोरोना भाईरसकाे महामारीले विश्वलाई ग्रसित बनाई रहेको समयमा मातृभूमि नेपालमा महिला तथा बालिकाहरुमा ज्यादती भएको भन्दै एनआरएन जापानको महिला फोरमले दु:ख ब्यक्त गरेकाे छ । फाेरमले अपराधीलाई कडा कारबाहि गर्न माग गरेको छ ।
पछिल्लाे समय धनकुटा जिल्लामा १४ बर्षिया बालिका माथि भएको सामुहिक बलत्कारकाे घटनाले समाजमा नारीहरु सुरक्षित नभएकाे भन्दै नेपाली महिला तथा बालबालिका लाई सुरक्षाकाे ग्यारेन्टी गर्न सरकार संग माग गरिएकाे छ ।
एनआारएनए महिला फोरम जापानकी संयोजक संगिता अधिकारीद्वारा हस्ताक्षरीत विज्ञप्ति जारी गर्दै भनिएकाे छ , “हामी यस्ता घटनाकाे घाेर भर्त्सना गर्दै यस घटनामा संलग्न बलत्कारीहरुलाई हदै सम्मकाे कारवाहीकाे माग गर्दै पिडितलाई न्यायका लागि नेपाल सरकार संग जाेडदार माग गर्दछाैं ।”