टोकियो । साेमबार टोकियोमा ८ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा हिजो १४ जनामा मात्र काेराेना संक्रमित फेला परेका थिए।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ८ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। । साेमवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार १ सय ६० पुगेको छ ।
पछिल्ला दिनहरुमा लगातार घटिरहेको संक्रमित संख्या हिजाे (आईतवार) तुलनात्मक रुपमा बढेको थियो । आज (सोमबार) भने पुन: घटेकाे छ। यही क्रम दाेहाेरीएमा आगामी दिनहरुमा संक्रमित संख्या घट्न सक्ने अनुमान गरिएकाे छ ।
काेराेना संक्रमणकाे प्रकाेप उल्लेख्य रुपमा कमी भएकाे संकेत देखिएपछी जापान सरकारले आज साँझ सबै प्रान्तहरुको आपतकाल हटाउने घोषणा गर्ने तयारी गरेकाे जापानी संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् । गत ७ मई मा सुरुमा जापानका ७ वटा प्रान्तमा लागु गरेकाे संकटकाल काेराेना संक्रमित लगातार बढेपछी क्रमश: जापानभर लागु गरेकाे थियाे ।