टोकियो । जापानको राजधानी टोकियोमा मंगलवार १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । टाेकियाेमा हिजाे साेमवार १२ जना संक्रमितको फेला परेका थिए ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १० जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। मंगलवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार १ सय ७० पुगेको छ ।
जापान सरकारले आज देखि देशभर संकटकालकाे अन्त्य गरेकाे छ ।