Homeगण्डकी प्रदेशजापानमा मृत्यु भएका कास्कीका शिवन सुवेदीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

जापानमा मृत्यु भएका कास्कीका शिवन सुवेदीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

Sagun Sandesh

टोकियो । जापानको साईतामा स्थित कुकिमा मस्तिष्कघातका कारण मृत्यु भएका पोखरा ५ प्रस्याङका शुविन सुबेदीको परिवारलाई कास्की पोखरा समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

कास्की पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठका अनुसार सुविन सुबेदीको दाहसंस्कारबाट बचत भएको २ लाख १८ हजार जापानि येन सुबेदीका श्रीमती मन्जु ढकाल सुबेदीलाई हस्तान्तरण गरिएको हो । मे महिनाको १९ तारिख मंगलबार सुतेको स्थानमा नै मृत अवस्थामा भेटिएका सुबेदीको पोष्टमार्टम रिपोर्टमा मस्तिष्कघातका कारण मृत्यु भएको जनाईएको थियो ।

पारिवारिक सल्लाह अनुसार जापानमा नै दाहसंस्कार गर्ने निर्णय पछि कास्की पोखरा समाज जापानले उपाध्यक्ष सन्देश अधिकारीको संयोजकत्वमा सहयोग समिति बनाई एनआरएन जापानको संयोजन एवं जापानमा क्रियाशिल संघ सस्थाहरु सहित जापानमा बस्ने पोखरेलीहरुले सहयोग गरेका थिए । कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठ उपध्यक्ष एवं सहयोग संयोजक सन्देश अधिकारी एवं सल्लाहकार सुरेश लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

मे २२ तारिखमा मृतक सुबेदीको शोक सभा पछि अत्येष्ठी गरि बाँकी रहेको रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको सहयोग समितिका संयोजक अधिकारीले बताउनु भयो । कास्की पोखरा समाज जापानले मृतक सुबेदीको दाहसंस्कारको खर्च विवरण सार्वजनिक गरेको छ । सहयोग समितिलाई ४ लाख ९१ हजार येन संकलन भएको छभने २ लाख ७३ हजार खर्च भएको जानकारी दिएको छ । यसैविच मृतक सुबेदीको अस्तु शुक्रवार नेपाल पठाईएको छ । नेपाल एयारलेयन्सको चार्टर बिमानबाट सुबेदीकी श्रीमती मन्जु ढकाल सहित सात नेपालीहरु पनि उक्त विमानमा नेपाल फर्किएको एनआरएन जापानले जनाएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय