Homeजापान विशेषसडक दुर्घटनाबाट जापानमा नेपाली युवातीको निधन

सडक दुर्घटनाबाट जापानमा नेपाली युवातीको निधन

Sagun Sandesh

टोकियो ।  सडक दुर्घटनाबाट जापानमा एक नेपाली युवतीकाे निधन भएकाे छ ।

जापानको आईचि केनको योक्ईचोमा आईतबार विहान गाडीको ठक्करबाट पोखराकाे अर्मला निवासी सुजिता बास्तोलाको निधन भएको छ । 

जापानमा श्रीमान संगै बस्दै आएकी मृतक बास्ताेला ६ महिना अघि डिपेन्डेन्ट भिसामा जापान आएकी थिइन । श्रीमतीकाे निधन भएपछी उनका श्रीमान सुनिल आचार्य बेहोस भएको छन । दुखद घटना भएपछी आगामी प्रकृयाका सम्वन्धमा कसरी अगाडी बढ्ने भन्ने विषयमा मृतककाे परिवार संग सल्लाह गरेर निर्णय लिने कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठले जानकारी दिए । श्रेष्ठले मृतककाे अन्त्यष्ठी तथा परिवारका सहयाेगका लागि काम शुरु भएको बताए ।  महामारीको अवस्थामा दुखद घटनाले कास्की पाेखरा समाज थप दुखी बनेको उनले बताए । 

घटना पछि एनआएन जापानका उपाध्यक्ष दिपक कार्की, सचिव बिष्णु घिमिरे लगायत एनआरएन जापानले सहयाेग गरेका थिए ।

एक बर्ष अघि नेपाली चेली ममता तामाङको पनि सोही स्थानमा सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय