टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । टाेकियाेमा गत एक महिना यता संक्रमितकाे संख्या उच्च हाे ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ५५ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बुधवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ५ हजार ८ सय ९५ पुगेको छ ।