टोकियो । जापानको राजधानी टोकियोमा बुधवार ६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । टाेकियाेमा संकटकाल हटाए यताकाे संक्रमितकाे संख्या उच्च हाे ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ६७ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बुधवार साँझ सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ६ हजार २ सय ९२ पुगेको छ ।