टोकियो । जापानको राजधानी टोकियोमा बिहीवार १०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।बिहीवार पुष्टि भएकाे संक्रमितकाे संख्या मे २५ मा देशव्यापी आपतकाल हटाइए यताको उच्च हाे। टाेकियाेमा हिजाे ६७ जना संक्रमित फेला परेका थिए ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १०७ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। बिहीवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ६ हजार ३ सय ९९ पुगेको छ ।