टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार पुष्टि भएकाे संक्रमितकाे संख्या मे २५ मा देशव्यापी आपतकाल हटाइए यताको उच्च हाे। टाेकियाेमा हिजाे १०७ जना संक्रमित फेला परेका थिए ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १२४ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। शुक्रवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ६ हजार ५ सय २३ पुगेको छ ।