टोकियो । जापानको राजधानी टोकियोमा बिहिवार ७२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संक्रमण संख्या गत महिना दोस्रो पटक लगाइएको आपतकाल हटे यताकै उच्च हो ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिवार दिउसो सम्म टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या १ लाख २८ हजार १ सय १४ जना पुगेकाे छ।