टोकियो । जापानको राजधानी टोकियोमा शुक्रवार ६६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संक्रमण संख्या गत महिना दोस्रो पटक लगाइएको आपतकाल हटे यताकै दोश्रो उच्च हो ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ६६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रवार दिउसो सम्म टोकियो महानगर भित्र संक्रमितको संख्या १ लाख २८ हजार ७ सय ८१ जना पुगेको छ।