Homeजापान विशेषटोकियोमा आपतकाल लागु गर्न गभर्नरको आग्रह

टोकियोमा आपतकाल लागु गर्न गभर्नरको आग्रह

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोकी गभर्नर युरिको कोइकेले केन्द्र सरकारलाई पुनः आपतकालिन अवस्था जारी गर्न अनुरोध गरेकी छन ।

टोकियोमा नयाँ कोरोना भाइरस संक्रमणको संख्या बढ्ने क्रम नरोकिएकोले यसले थप समस्या उत्पन्न हुन सक्ने भन्दै आपतकाल घोषणाको लागि सरकारलाई अनुरोध गर्ने कोइकेले अप्रिल १८ तारिख साँझ पत्रकारहरुलाई बताएको जापानी समाचार संस्था एन्एचकेले जनाएको छ ।

’अघिल्लो साताको तुलनामा टोकियोमा संक्रमितको संख्या १२५ प्रतिशतले बढेको छ र यो निरन्तर बढिरहने क्रममा देखिएको छ । संक्रमण घट्ने कुनै संकेत देखिएको छैन ।’ तसर्थ यसलाई कम गर्नका लागि पुनः आपतकाल लागु गर्न अनुरोध गरेको उनले प्रष्ट पारिन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय