Homeजापान विशेषटोकियोमा विहिवार ८६१ जनामा कोरोना संक्रमण पुष्टि

टोकियोमा विहिवार ८६१ जनामा कोरोना संक्रमण पुष्टि

Sagun Sandesh

टोकियो । जापानको राजधानी टोकियोमा विहिवार ८६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संक्रमण संख्या गत महिना दोस्रो पटक लगाइएको आपतकाल हटे यताकै उच्च हो ।

जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे। विहिवार दिउसो सम्म टाेकियाे महानगर भित्र उक्त संक्रमितकाे संख्या फेला परेकाे टोकियो महानगरपालिकाले जनाएकाे समाचारमा समाचारमा उल्लेख गरिएकाे छ ।

यस संगै टाेकियाेमा कुल संक्रमित संख्या १ लाख ३२ हजार ९ सय ३ पुगेकाे छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय