कोरोना संक्रमण तिब्र रुपमा फैलिने क्रम नरोएिपछि जापान सरकारले पुनः आपतकाल घोषणा गरेको छ ।
ओलम्पिक सुरुहुन करिव तीन महिना बाँकी रहेको अवस्थामा कोरोना संक्रमण अत्याधीक रुपमा बढेपछी नियन्त्रणका लागि प्रधानमन्त्री योशिहिदा सुगाले टोकियो लगायत ओसाका, क्योटो र ह्योगो प्रान्तमा अप्रिल २५ देखि मे ११ सम्म लागुहसने गरी आज (शुक्रबार) आपतकालिन अवस्थाको घोषणा गरेका हुन । तिब्र रुपमा बढिरहेको कोरोना संक्रमणका घटनाहरुमा कमी आउने विश्वास स्वरुप आपतकालको घोषणा गरेको बताईएको छ ।
आइतवारबाट मदिराको विक्री वितरण रेष्टुरेन्ट तथा बारहरु, खराओके सेवा, डिपार्टमेन्ट स्टोर, शपिंग सेन्टर, चलचित्र थिएटर र अन्य ठूला व्यावसायिक सुविधालाई मे ११ सम्म चारवटा प्रान्तमा बन्द गर्न आग्रह गरिएको छ भने अन्य ब्यवसायहरु राती ८ बजे सम्म मात्र संचालन गर्न आग्रह गरिएको जापानी समाचार संस्थाहरुले खवर प्रकासित गरेका छन् ।
जापानमा अप्रिलको अन्तिम हप्तादेखि मेको पहिलो हप्ता सम्म ‘गोल्डेन वीक’को समयमा छुट्टी माउनका लागि मानिसहरु एक ठाउँ बाट अर्को ठाउँमा जाने हुँदा भाइरसको फैलावट नियन्त्रण गर्न पनि यो कदम चालिएको प्रधानमन्त्री सुगाले बताए । उनले भने “यसले मानिसहरूलाई एक ठाउँबाट र्को ठाउँमा जानबाट रोक्ने छ।”