ओम गुरुङ (हाल जापान)
सारा जगतलाइ त्राहि-त्राहि पारेको यो कोभिड भाइरस संग जति नै सजक रहँदा रहँदै म पनि अछुतो रहन सकिन । न ज्वरो आएको छ । न रुघा-खोकी नै लागेको छ । न कुनै लक्षण नै छ तर पनि अचम्मको कुरा PCR गर्दा पोजेटिभ देखियो । र जुन रफ्तारमा विभिन्न चरणमा अहिले संसार भरि बढ्दै गइ रहेको छ लाग्छ ढिलो चाडो अछुतो रहने कमै नै हुन्छौ होला ।
हुन त सबै संग मेरो अनुभव हुबहु मिल्छ भन्ने पनि होइन । मान्छेको शरीर अनुसार यसको असर र अनुभबहरु फरक हुन सक्दछन । तर आफुले पाएको जानकारी र अनुभब गरेको अधारहरुमा अरुको लागि पनि केहि जानकारी मुलक होस भन्ने हेतुले केहि कुराहरु लिपिबद्द गर्ने प्रयास गरेको छु ।
यसो बिचार गरिरहदा अहिले लाग्छ कि यो जिब कति पटक यो शरीरमा पस्यो होला र कति पटक म संग हार खाएको रहेछ होला भन्ने कुरा अहिले अनुमान गरिरहेको छु । किनकि संयोगबस नै भनौ अहिले PCR टेस्ट गर्दा न थाहा भयो नत्र अहिले पनि शरीरमा प्रवेश गरि सकेको रहेछ तर शायद जित्न नसकेर नै होला पोजेटिभ देखिए पनि यसको कुनै लक्षण भने देखिएको छैन । न त्यस्तो कुनै अनुभूति नै भयो । शायद आफ्नो शरीरको Immunity Power र अवस्था अनुसार फरक हुने रहेछ ।
२०१९ मा चाइनाको हुवान प्रान्त बाट सुरु भएको यो महामारी अहिले संसार भरिनै दोश्रो र तेश्रो लहरको रुपमा नया-नया भेरीएन्टमा अझ खतरनाक रुपमा देखा परिरहेको छ ।यो भाईरस यतिकै सरि हाल्छ भन्ने होइन । हुन त यो भाइरस हावामा पनि हुन्छ भनिन्छ तर पनि मलाइ जापानको चिकित्सकसंग सुझाब लिदा यदि सक्रमित व्यक्ति संग त १५ मिनट भन्दा बढी मास्क बिना १ मिटर भन्दा नजिकमा बार्तालाप गर्नु भएको छ भने सम्भावना हुनसक्छ । अर्को कुरा किनमेल गर्दा होस् यात्रा गर्दा होस् कुनै काममा घरबाट बाहिर निस्कदा शरीरको कुनै अंगले छुनु भएको छ र सरसफाइमा ध्यान पुराउनु भएन भने खतरा हुनसक्छ । त्यसर्थ भिडभाडमा नजाने, निस्कन परे पनि सधै मास्क लगाउने र सेनिटाजर प्रयोग गर्नु को साथै बेला बेलामा राम्रो संग हात सफा गर्ने गरे यस बाट बच्न सकिन्छ ।
सामन्यतया यसका लक्षण भनेको सुरुमा ज्वराे आउने, खोकी लाग्ने, धेरै खोकी लागे पछी घाटी दुख्ने, छाती दुख्ने, पखाला लाग्ने, खान मन नलाग्ने र स्वाद हराउने जस्ता हुने गर्दछ र बिस्तारै फोक्सोमा प्रबेस गरेर निमोनिय हुने र स्वास प्रस्वसमा बाधा पुराउने र अन्त्यमा मृत्यु हुने गर्दछ ।
कुनै पनि रोग लाग्नु र त्यसबाट उनमुक्ति पाउनु नपाउने तपाइको व्यवहार आचरणमा नै निर्भर हुने गर्दछ । सकभर यस्तो रोग लाग्न बाट बच्न सतर्कता अपनाउनु नै सबै भन्दा बुद्धिमानि हुने छ । यदि कुनै पनि लक्षण देखिन साथ परामर्श गर्ने र समयमै राम्रो उपचार गरे स्वास्थ्य लाभ हुन्छ ।
माथि भनिए जस्तो कुनै लक्षणहरु देखिए वा आफुलाई अलिकति शंका लाग्न साथ तुरुन्त PCR टेस्ट गर्ने । यदि यस्तो कुनै लक्षणहरु देखिएमा सबैभन्दा महत्वपूर्णकुरा भनेको आत्तिनु हुदैन । आत्माविश्वास गुमाउनु हुदैन । यसो भनि रहदा Over Confident हुन पनि हुदैन र हेल चक्राई पनि गर्नुहुदैन । यस रोग बारे राम्रोसंग बुझ्ने, अध्यान गर्ने, सल्लाह सुझाब लिने र स्वास्थ्य उपचार सुरुगर्ने । अर्कोकुरा संक्रमित व्यक्तिलाइ शरीरको अवस्था अनुसार छोटो समयमै शरीरमा उतार चढाब आउने गर्दछ । अति होसियारी हुनुपर्दछ । सानो लापरबाहीले धेरै असर गर्न सक्दछ । यो रोगको बारेमा धेरै अनावस्यक हल्लाहरु सुनिन्छ । तर हल्लाको पछि नलाग्ने । यो रोग जति भयभह छ त्यति नै अति अनुसासित तरिकाले यसका केहि सामान्य कुराहरु पालना गरिएमा यसलाई सहजै जित्न सकिन्छ ।
यो रोगको संक्रमण भए पछि झन्डै अवस्था हेरेर २/४ हफ्ता भौतिक दुरी कायम गरेर एक्लै बस्नु पर्ने हुन सक्छ त्यस्तो अवस्थामा मनमा हुने नहुने कुराहरु खेल्न सक्छन । डिप्रेसनमा जान सक्छ । मनोबल गिर्न सक्छ । त्यसले झन् स्वास्थ्यमा असर गर्नसक्छ । त्यसर्थ आफुलाई सहज हुने खालको बाताबरणमा बस्ने बिभिन्न पत्र पत्रिका अध्यन गर्ने म्युजिक सुन्ने जस्ता मन भुलाउने कुराहरु गर्ने । अनावस्यक सोचहरु आउन नदिने उपाय उपनाउनु राम्रो हुन्छ । परिवारका सदस्यहरुले पनि सोहि अनुसार बाताबरण बनाइ दिने सहयोग गर्ने र हेरचाहमा बिशेष ध्यान दिने गर्नुपर्दछ ।
मेरो बुझाइमा अति महत्वपूर्ण कुरा भनेको यो जीव हाम्रो शरीरमा प्रवेश गरे पश्च्यात यसले पर्ने असरहरु लाइ स्पस्ट र बुझ्न सहज होस् भन्ने हेतुले मैले यसलाई ३ चरणमा बर्गिकरण गरेर व्याख्य गर्दछु ।पहिलो; प्रारम्भमा जब यो जीव तपाइको शरीरमा प्रवेश गर्न साथ तपाई हामीले सुने जस्तो यसले सकी नै हाल्छ भन्ने होइन । यदि प्रवेश गरेता पनि तपाईको शरीरको क्षमताले यसलाई परास्त गरे आफै निस्क्रिय हुदै गएर असर गर्न छाड्दछ ।
दोश्रो; तपाइको शरीरमा प्रबेस गरे पछि शरीरको अवस्था अनुसार केही दिनमा माथि भनेको जस्तो लक्षणहरु देखिनु सुरुगर्दछ । लक्षण देखिन साथ समयमै उचित उपाचार गरे केहि दिनमा निको हुनसक्छ । तेश्रो; अवस्था भनेको यदि समयमै त्यसको राम्रो उपचार गरिएन भने वा तपाइको शरीरले थेग्न सकेन भने दोश्रो चरण पार गरेर बिस्तारै फोक्सोमा प्रवेश गरे पछि निमोनिय हुनुको साथै सक्रमण बढ्दै गए अन्तत्व इहलिला समाप्त पार्दछ ।त्यसर्थ भरसक लक्षणहरु देखिन साथ राम्रो उपचार गरेर फोक्सो सम्म पुग्न नदिनु नै बेस हो । कथम कदापि फोक्सोमा प्रबेश गरीहाले केही जटिल होला तर पनि राम्रो उपचार गरेर परास्त गर्न सकिन्छ । र यसबाट मुक्ति पाइएता पनि केहि समय पछि सम्म शरीर दुख्नु र कमजोरी महसुस हुने गर्दछ तर चिन्ता गर्नु पर्दैन बिस्तारै शरीर आफ्नो लयमा आउन थाल्दछ ।सबै भन्दा ठुलो कुरा यो जीव तपाइको शिरीरमा प्रबेस गरेता पनि तपाईको शरीरको क्षमता अनुसार कति असर गर्दछ कति सम्म क्षति गर्दछ भन्ने कुरा भर पर्ने रहेछ | त्यो सबै तपाइको दैनिक जीवनका नित्यकर्म, खानपिन, रहनसहन आदि इत्यादि निर्भर हुनेरहेछ । विभिन्न देस अनुसार सेवा सुबिधा र उपचार बिधिहरु फरक हुनसक्छन ।
अहिले जताततै अस्त व्यस्त छ । तपाइले भने अनुसार हस्पिटलमा बेड नपाउन सक्छ । समयमा उपचार नहुन सक्छ । यदि तुरुन्तै त्यस्तो सम्भव नभए घरेलु तरिका अनुसार प्राथमिक उपचार बिधि अपनाउनु अति नै उपयोगी हुन्छ । जापानको परिबेसमा हालसालै आफुले भोगेको अनुभबको आधारमा केहि सुझाबहरु अलि बृस्तृतमा राख्न चाहन्छु । यदि कोभिड पोजेटिभ देखिएमा सबैभन्दा महत्वपूर्ण कुरा नआतालिनु, राम्रो संग Counseling गर्नु, सबै कुरा निसुल्क हुन्छभाषागत समस्य भए दोभासे अनुरोध गर्ने अथवा नजिकको साथीभाई लाई अनुरोध गर्ने । तपाइको रोगको अवस्था अनुसार उनीहरुले सुझाब दिनेगर्दछ । तपाइलाई होटेलमा राख्ने वा हस्पिटल राख्ने तपाइको अवस्थाको आधारमा निर्भर गर्दछ । यदि आफ्नो अवस्था जटिल छ सास फेर्न गार्हो छ जरो बढी छ भने सोहि अनुसार हस्पिटलको लागि अनुरोध गर्नु पर्दछ । हस्पिटल बेडको अभाबले गर्दा तपाइको अवस्था हेरेर होटलमा बस्ने अथावा घरमा बस्ने ब्यबस्था पनि हुन्छ । होटेलमा बस्ने हो भने खानपिनको ब्यबस्था हुनुकोसाथै स्वास्थ्य सम्बन्धि सहयोगी उपलब्ध हुन्छ । घरमै बस्न पनि सक्नुहुन्छ त्यस्तो खण्डमा दैनिक जसो फोन मार्फत जानकारी लिने गर्दछन । त्यस बेला आफुलाइ परेको समस्या राम्रोसंग राख्न सके धेरै नै उपयोगी हुन् सक्दछ । कुनै पनि बखत केही परे २४ सै घण्टा परामर्श सेवा उपलब्ध हुने फोन नम्बर उपलब्ध गराईएको हुन्छ । यस बाहेक पनि आफुले भन्दा जाने बुझेका जानकारहरु संग पनि सल्लाह सुझाब लिने गरे थप उपयोगी हुन्छ । म आफु पनि हस्पिटल संग सम्बन्धित भएको नाताले नेपालको बरिस्ठ सर्जन डा. भक्तमान श्रेष्ठ दाइ संग परामर्श गरिरहे । फोक्सोमा असर पुगेको छ छैन ? भरसक X-Ray गरेर हेर्न सुझाब दिनु भए अनुसार मैले त्यसरी नै अनुरोध गरे लगतै केहि समय पछि CT Scan गर्न हस्पिटल खोजेर बिशेष गाडीको पनि ब्यबस्था गरियो फलत कुनै पनि असर नभएको रिजल्ट आयो र ढुक्क भए ।
यो सब बेली बिस्तार गरि रहनुको अर्थ तपाईले अनुरोध गर्नु भयो भने व्यवस्था गरिदिने रहेछ । जापानमा खासै औषधि दिने रहेनछ । यसको औषधि बनेको पनि छैन । साधारण रुघा-खोकीको औषधि दिने गर्दो रहेछ र त्यसर्थ घरेलु उपचार अपाउनु अर्को राम्रो बिकल्प हुन्छ । डा.भक्तमान दाइको सुझाब अनुसारमा मैले Vitamin C, D, Zinc, लिने गरे । तर ख्याल गर्नु पर्ने कुरा यस्ता भिटामिनहरु उत्पादक कम्पनी र देस अनुसार मात्र फरक हुनेगर्दछ । साथसाथै तपाई संग उपलब्ध भए सम्म जस्तै; बेसर, ज्वानो, मरिच, गुर्जो, जिरा, लँग, तुलसी, दालचिनी, अवला जस्तो कुराहरु जे जे उपलब्ध हुन् सक्छ उमालेर पानी पिउने र गल-गल गर्ने र दिनमा २/३ पटक बाफ लिने गरे धेरै फाइदा पुर्याउदछ । तर लगातार धेरै तातो पानी पिउदा खरो हुने पनि हुन सक्छ त्यस्तो अवस्थामा १/२ कप तातो पीए पनि अरु बेला हल्का मनतातो पानि पिउन सकिन्छ । जति सकिन्छ नियमित व्ययाम गर्ने, स्वास प्रस्वास प्रणायम गर्ने, प्रसस्त साग सब्जी र दाल वा (सुप) झोल युक्त खान खाने, नियमित फलफुल खाने गरेमा धेरै फाइदा हुन्छ ।
समग्रमा, यो अति डरलाग्दो महामारी रोग हो । सारा जगतमा यसको प्रतक्ष्य अप्रत्यक्ष रुपमा अथाह असर पारेको छ । जीउ धनको अक्षम्य क्षति पुराएको छ । यो Virus बिभिन्न समयमा बिभिन्न देशहरुमा फरक-फरक प्रवृतिमा देखा परेको छ । हाल सम्म कुनै देसले यसको औषधि बनाउन सकेको छैन । अन्त्वत्व लामो समयको प्रतिक्षा पछि केहि देशरुले भ्याक्सिन बनाए पनि तपाइ हामि सम्म कहिले पुग्दछ यकिन जवाफ कसैले दिन सकेको छैन र भयाक्सिन लगाए पनि यो रोग नलाग्ने शत प्रतिशत ढुक्क हुने ग्यारेंटी कसैले पनि गर्न सकेको छैन । Care is best cure भने झैँ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै बुद्दिमानी हुनेछ । रोगले आफै तपाईलाई खोज्न आउदैन हाम्रो आफ्नै कमजोरीको कारण निम्त्याऊने गर्दछौ र लापरवाहीका कारणले अनाहकमा ज्यान गुमाउन पुग्दछौ । अत तपाई हामी सबै सजग रह्यौ, अनुसासित भयौ भने अवस्य पनि यस्ता रोगहरु बाट जोगिन सक्नेछौ । लागि हाले पनि धेरै स्वास्थ्यमा धेरै क्षति हुन पाउदैन । त्यसर्थ, आफु पनि बचौ र अरुलाई पनि बचाऔ !अन्त्यमा, म अति नै स्वास्थ्य छु तर पनि अझै केहि दिन Follow up को क्रम मै छु । यस बिचमा मलाई सल्लाह सुझाव दिएर मनोबल बढ़ाउनुहुने, सिघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्णजनमा हार्दिक-हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद !