टोकियो । कोरोना महामारीका कारण नेपाली नागरिक र नेपालबाट आउने अन्य नागरिकलाई जापान प्रवेशमा रोक लगाएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट्स देखिएपछिपछि जापानले नेपाल सहित भारत र पाकिस्तानबाट जापान प्रवेश गर्न रोक लगाउने भएको हो । दैनिक रुपमा बढ्दोक्रममा रहेको कोरोना महामारीको जोखिम नियन्त्रणका लागि जापान सरकारले यस्तो निर्णय लिएको बताईएको छ ।
यस अघि नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुहरुलाई कडा नियमहरु पालना गर्नुका साथै अनिवार्य क्वारिन्टिन बस्नु पर्ने प्रवधान सहित प्रवेश गर्न दिइएको थियो । यस पटकको प्रवेश प्रतिबन्धमा पूनः प्रवेशको अनुमति (रि–इन्ट्रि परमिट) पाएकाहरु पनि जापान फर्कन नपाउने नियम लागू गरिएको जापानी समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन् ।
नेपाल लगायत भारत र पाकिस्तानबाट आफ्नो देश फर्कन चाहने जापानी नागरिकहरुलाई भने प्रवेश गर्न दिईने बताईएको छ ।
मे १४ तारिक मध्यरात बाट प्रवेशमा रोक लगाईने जापानी मिडियाहरुले खबर प्रकाशित गरेका छन् । प्रतिबन्धको अवधीबारे उल्लेख गरिएको छैन् ।