टोकियो । पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी चयन हुनुभएको छ । आईतबार सम्पन्न भएको पर्वत समाज जापानको छैठौ अधिवेशनले अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध चयन गरेको हो ।
कार्यसिमितिको उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज रेग्मी र रमेश काफ्ले चयन हुनुभएको छ ।
अधिवेशनबाट महासचिवमा राम बस्तोला सचिवमा बिनोद न्यौपाने र अनिल पन्त निर्वाचित हुनुभएको छ भने कोषध्यक्षमा बिमल न्यौपाने र सह कोषाध्यक्षमा कृष्ण भुषाल चयन हुनुभयो, त्यसैगरि सदस्यहरूमा राजेन्द्र भुषाल,अर्जुन कुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापा चयन हुनुभएको छ। त्यसैगरी अन्य सदस्यहरूमा राम भुषाल , सागर सापकोटा , कृष्ण भुषाल, सूरज पौडेल, बालकृष्ण रिजाल,रबिन शर्मा, दिपक गुरुङ्ग, राजु गौडेल, जीवन गुरुङ्ग,राजेन्द्र शर्मा,नारायण पौडेल र रमेशराज जैशी रहनुभएको छ ।
भर्चुवल प्रविधि मार्फ़त सम्पन्न अधिवेशनको उदघाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफू जन्मेको ठाऊ र समाजका लागि आफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ्नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
एनआरएन आईसिसिका पूर्व सदस्य ओम गुरुङको संयोजकत्वमा रहेको निर्वाचन समितिमा ईश्वर जोशी र मोहन घले सदस्य रहनुभएको थियो । समाजका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा जापान सहित पर्वतबाट प्रतिनिधित्व गरेका अतिथिहरुले शुभकामना मतब्य ब्यक्त गर्नुभएको थियो ।