टोकियो । कास्की पोखरा समाज जापानद्वारा पोखरामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
कास्की पोखरा समाज जापानद्वारा पोखरा महानगरद्वारा कोभिड अस्पतालका रुपमा वडा नं.२७ मा संचालित शिशुवा अस्पताललाई २० थान अक्सिजन सिलिण्डर बुधवार हस्तान्तरण गरिएको छ । उक्त अक्सिजन सिलिण्डर कास्की पोखरा समाजका महिला उपाध्यक्ष अन्ज् भण्डारीले पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी.एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।
कोरोना भाईरस माहामारीले नेपालमा अक्सिजन अभावका कारण धेै नेपालीहरुले ज्यान गुमाउनु परेको भन्दै त्यसलाई न्यूनिकरण गर्न ५० थान अक्सिजनको भरी सिलिण्डर सहयोग गरिने कास्की पोखरा समाज जापानले जानकारी दिएको छ ।
बुधवार पहिलो चरणमा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको र बाँकी ३० थान सिलिण्डर केही दिनमा अन्य २ अस्पताल लाई हस्तान्तरण गरिने जानकारी गराईएको छ ।
जापानमा रहेर यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरू र सिलिण्डर खÞरीद ब्यबस्थापनमा सहयोग गर्नुहुनेलाई कास्की पोखरा समाज जापानले धन्यवाद ज्ञापन गरेको छ ।
बाँके जि.प्र.का.द.नं. १२९/०६९/०७०
सगुन सन्देश साप्ताहिक
कोहलपुर–११, बाँके
फोनः–०८१–५४००८०
Email – sagunsndesh@gmail.com