टोकियो । नेपालको घनिष्ट मित्रराष्ट्र जापानले कोरोना महामारी विरुद्ध लड्न दोश्रो पटक स्वास्थ्य सहायता सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकारको अनुरोध र नेपाली राजदूतावास टोकियोको पहलमा जापान सरकारले १६० थान अक्सिजन कन्सनट्रेटर सहित २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज मेसीन नेपाल सरकारलाई हस्तान्तरण गरेको जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जानकारी दिनुभयो ।
यसैगरी जापान सरकारले नेपाललाई थप ६ वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सहायताका लागि परराष्ट्र मन्त्रालयले जापान सरकारलाई धन्यवाद दिएको छ ।