टोकियो । पुर्वेली सेवा समाज जापानले विराटनगरमा स्वास्थ्य सहायता सामग्री हस्तान्तरण गरेको छ ।
समाजले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली मार्फत कोशी अस्पताल विराटनगरलाई ५० थान पि.पि.ई. सहयोग गरेको हो ।
जापानमा रहेका पुर्वाञ्चलबासी नेपालीहरुले देशले कोेरोना महामारीका कारण विपद्को सामना गरिरहेको सन्दर्भमा मातृमूमी नेपाल बाट भौतिक रुपमा आफूहरु टाढा रहेपनि आफ्नो देश, आफ्नो ठाँउलाई सकेको सहयोग गरिरहेको पूर्वेली सेवा समाज जापानले जनाएको छ ।
कोशी अस्पतालका व्यस्थापन समितिका अध्यक्ष साजेन मल्ल र मे.सु. चुमनलाल दासलाई पि.पि.ई. हस्तानतरण पश्चात मेयर पराजुलीले यस विपतको समयमा पुर्वेली समाजको सहयोगले एकदमै ठुलो महत्व राखेकाले सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
यसै गरी मेची अस्पतालमा समेत पि.पि.ई. हस्तानतरण गरिने कार्यक्रम रहेको समाजले जनाएको छ ।