Homeगण्डकी प्रदेशगुन्मा केनमा मृत्यू भएका झलक गुरुङको परिवारलाई तमु धिं जापानद्वारा ९ लाख...

गुन्मा केनमा मृत्यू भएका झलक गुरुङको परिवारलाई तमु धिं जापानद्वारा ९ लाख रुपैया सहयोग

Sagun Sandesh

जापानको गुन्मा केनमा हृदयघातका कारण मृत्यू भएका लमजुङ घर भई पोखरा –१३ बाझापाटन बस्ने झलक गुरुङको परिवारलाई गुरुङहरुको साझा संस्था तमु धीं जापानको सक्रियतामा संकलन गरिएको नेपाली ९ लाख रुपैया गुरुङको परिवारलाई सिटी रेमिटेन्स मार्फत पठाईएको छ ।

बिगत ५ बर्ष देखि जापानमा रहेका गुरुङको राति सुतेकै अवस्थामा शव कोठामा नै फेला परेको थियो । गुरुङको शवलाई बिभिन्न संघ सस्था एवं सहयोगीहरुको सहयोगमा जापानमा नै अन्तिम संस्कार गरिएको तमु धीं जापानका अध्यक्ष सौगत गुरुङले जानकारी दिनुभयो ।

तमु धीं जापानले गुरुङ अन्तिम संस्कार सहित परिवारलाई आर्थिक सहयोग गर्ने सबै संघ संस्था एवं महानुभावहरुलाई आभार सहित धन्यबाद ज्ञापन गरेको उपध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभएको छ । मृतक गुरुङको नेपालमा आमा,श्रीमती सहित एक छोरी रहेका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय