Homeअन्तर्राष्ट्रियएनआरएनए जापानका २२ सदस्यहरुद्वारा निष्पक्ष छानविनको माग (पत्र सहित)

एनआरएनए जापानका २२ सदस्यहरुद्वारा निष्पक्ष छानविनको माग (पत्र सहित)

Sagun Sandesh

टोकियो । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका २२ सदस्यहरुले निष्पक्ष छानविनको माग गरेका छन् ।

केहि समय अघिदेखि एनआरएनए जापानमा आर्थिक अनियमितता भएका विवरणहरु विभिन्न संचार माध्यम, तथा सामाजिक संजालहरुमा आएकोमा दुख ब्यक्त गर्दै गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) का अध्यक्ष कुमार पन्तलाई निष्पक्ष छानविन गरी सत्य तत्य बाहिर ल्याउन माग गरेका छन् ।

आज (बुधवार) सार्वजनिक गरिएको उक्त पत्रमा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष सहित २२ जना सदस्यद्वारा हस्ताक्षर गरि आईसीसीमा पठाएको जानाएका छन् ।

सामाजसेवा गर्ने नाउँमा कमाउ धन्दा भएको हुन सक्ने आशंका ब्यक्त गर्दै लामो समय देखि विभिन्न निकायहरुमा पिडतका निवेदनहरु दर्ताभएको भए पनि हाल सम्म सुनुवाई हुन न सकेको र उच्च स्तरिय छानविन समितिले गत ६ तारिक सार्वजनिक गरेको प्रतिवेदनमा बर्ष २०१९–२०२१ कार्यसमितिलाई पनि दोषी ठहर गरेकोले आफूहरु पनि शंकाको घेरामा तानिएकोले पुनः एक उच्च स्तरिय छानविन समिति बनाउन नेपाली राजदूतावास, एनआरएनए आईसीसी तथा विभिन्न अभियन्ताहरु समक्ष माग गरिएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘यस कार्यमा संलग्न भई गैर जिम्मेवारीपूर्ण कार्य गरेकाले अध्यक्ष देविलाल भण्डारीले नैतिकताको आधारमा राजिनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रसस्त गर्न अनुरोध गर्दछौं ।’

महामहिम राजदूत प्रतिभा राणा–नेपाली राजदूतावास टोकियो, एनआरएनए एशिया प्यासेफिक संयोजक–गोविन्द श्रेष्ठ, एनआरएनए एशिया प्यासेफिक उपसंयोजक– पारसमणी पोखरेल र एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई बोधार्थ दिईएको ४ पृष्ठको पत्रमा विभिन्न ५ वटा संचारमाध्यमका लिंक हरु पनि संलग्न गरिएको छ ।

उक्त पत्रमा गत ६ तारिक उच्च स्तरिय छानविन समितिद्वारा एनआरएनए जापानमा विभिन्न चरणमा आर्थिक अनियमितता भएको विवरण बहिर ल्याएपछि राजिनामा गरेको सार्वजनिक गरेका एनआरएनए सदस्यद्वय सुरेश गिरी र राजेश खनालको समेत हस्ताक्षर रहेको छ

यस्तो छ पत्र

Sagun Sandesh

भर्खरै

लोकप्रिय