Homeजापान विशेषजापानमा व्यवसाय संचालन गरिरहेका अर्घाखाँचीका दिल पुनको कोरोनाका कारण मृत्यु

जापानमा व्यवसाय संचालन गरिरहेका अर्घाखाँचीका दिल पुनको कोरोनाका कारण मृत्यु

Sagun Sandesh

जापानको खानागावा क्षेत्रमा मा व्यवसाय गर्दै आउनुभएका अर्घाखाँचीका दिल बहादुर पुनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । घरायसी कामको शिलशिलामा केही समय अघि नेपाल जानुभएका पुनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको अर्घाखाँची समाज जापानले जनाएको छ ।

कोरोना महामारकिा कारण अन्तर्राष्ट्रिय हवाईसेवा अवरुद्ध भएकाले उहाँ जापान पर्कन नपाएर नेपालमा नै रहनुभएको जानकारी प्राप्त भएको छ ।। नेपाल बसाईका क्रममा कोरोना भाइरस संक्रमित हुनुभएका पुनको गत जुन ८ तारिख उपचारको क्रममा भएको जनाईएको छ । मृतक पुनकाको श्रीमती र छोरा हाल जापानमै रहनुभएको बताईएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय