टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानमा भएको आर्थिक अनियमितताको निष्पक्ष छानविनको माग गर्दै संघका केही पदाधिकारी लगायत २२ जनाले हस्ताक्षर गरेको माग पत्र सस्तो लोकप्रियताका लागि गरेको बताईएको छ ।
एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा आज (मंगलवार) प्रेस विज्ञप्ति जारी गरी उक्त कुरा बताईएको हो ।
गत जुन ६ तारिक उच्चस्तरिय छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेपछि जुन ७ तारिक बसेको एनआरएनए जापानको बैठकमा आफ्ना धारणाहरु प्रष्टरुपमा राख्नु पर्नेमा कार्यसमितिलाई जानकारी समेत नगराई समूहगत भेला गरी उक्त पत्र सार्वजनिक गरिएकोमा अचम्मित भएको विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनए जापानमा आर्थिक अनियमितता भएको भन्दै संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले छानविनको माग गरेपछि गठित उच्चस्तरिय छानविन समितिले गत ६ तारिक संघमा विभिन्न चरणमा आर्थिक अनियमितता भएको निष्कर्ष सहित सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरी एनआरएनए आईसीसीलाई हस्तान्तरण गरेको थियो ।
उक्त प्रतिवेदन स्पष्ट नभएको भन्दै गत जुन ९ तारिक एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्ग सहित २२ जना सदस्यहरुले हस्ताक्षर गरि आईसीसी अध्यक्षलाई निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए ।
हेर्नुहोस् विज्ञप्तिः