टोकियो । जापानको गुन्मा (प्रान्त) मा सामाजिक कार्य गरिरहेको नेपाली साझा समाज जापान र जापानको गुन्मा केन (प्रान्तको निकाय) बीच गुन्मा केनमा बसोबास गर्ने नेपालीहरुलाई महामारी सहित संकट आईपरेको समयमा सहयोगि भूमिका निर्वाह गर्ने विषयमा हस्ताक्षर सम्पन्न भएको छ ।
शुक्रबार नेपाली साझा समाज जापानका अध्यक्ष बुद्दी शेरचन र गुन्माकेनका गभर्नर यामामोतो ईचिता विच गुन्मकेनमा बसोबास गर्ने नेपाली समूदायलाई आईपर्ने समस्याहरुलाई सामुहिक रुपमा सहकार्य गर्दै न्यूनिकरणका लागि सयुक्तरुपमा काम गर्ने सहमति गर्ने विषयमा हस्ताक्षर भएको हो ।
शुक्रवार गुन्मा केनको मायाबासि कार्यलयमा हस्ताक्षर सम्पन्न भएपछि गर्भनर यामामोतोले महामारी सहित संकटको समयमा सबैलाई सहयोग पुर्याउन उदेष्य सहित भएको सम्झौताले सबैलाई सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाली साझा समाज जापानका महासचिव निरज गुरुङ सहित गुन्मा केनका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।