टोकियो । जापान सरकारले टोकियोमा चौंथो पटक आपतकाल लगाउने निर्णय गरेको छ।
राजधानी टोकियोमा कोरोना भाईरसको संक्रमणदर वृद्धि हुने क्रम नरोकिए पछि आउँदो सोमवार देखि अगस्त २२ तारिक सम्म संकटकालको लगाउने तयारी गरेको जापानी संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन्। टोकियो संगै ओकिनवा प्रान्तमा पनि आपतकाले अगस्त २२ सम्म लाम्बिएको छ ।
यस अघि टोकियो सहित विभिन्न १० प्रान्तहरुमा ‘कोरोना प्रसार रोकथाम’ (अर्ध आपतकाल) आगामी ११ तारिक सकिदै गरेको थियो । जस मध्ये साईतमा, चिवा,खानगवा र ओशाका प्रान्त हरुमा अर्ध आपतकाल अगस्ट २२ सम्म लम्बिने छ भने होक्काइदो, आईची,क्योतो, ह्योगो र फुकुओका प्रान्तहरुमा पूर्वनिर्धारित ११ तारिक समाप्त हुनेछ।
प्रधानमन्त्री योसिहिदे सुगाले आर्थिक पुनरोद्धार मन्त्री निशिमुरा एवं स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री तमुरा संग बुधवार साँझ छलफल गरि निर्णय लिएको बताइएको छ।
आपतकाल बारे औपचारिक घोषणा भने बिहिवार गरिने समाचारमा उल्लेख छ । बुधवार टोकियोमा थप ९२० जनामा कोरोना संक्रमण भएको विवरण आएको थियो l