Homeअन्तर्राष्ट्रियटोकियोमा सोमवार देखि पुनः मदिरा विक्रिमा रोक

टोकियोमा सोमवार देखि पुनः मदिरा विक्रिमा रोक

Sagun Sandesh

टोकियो । कोरोना भाइरसको संक्रमण दर लगातार बृद्धि भएपछि जापान सरकारले जुलाई १२ देखि अगष्ट २२ सम्म चौंथो पटक आपतकालको औपचारीक घोषणा गरेको छ।

टोकियो लगायतका क्षेत्रहरुमा कोरोना संक्रमण वृद्धि रोकथामका लागि यसअघि विभिन्न उपायहरु अवलम्बन गरेपनि वृद्धि दर नियन्त्रणमा आउन नसकेका कारण पुनः आपतकाल लगाउनु पर्ने अवस्था आएको अधिकारीहरुले बताएका छन्।

आपतकाल अवधिभर टोकियो एवं ओकिनवा क्षेत्रमा मादक पदार्थमा पूर्ण प्रतिबन्ध लगाईएको छ। यस अवधिमा मदिराजन्य पदार्थ विक्रि वितरण गर्दै आएका रेष्टुरेण्ट,वार, खराओके लगायतमा विक्रि प्रतिवन्ध लगाएको हो। अर्ध आपतकाल लागु भएका टोकियो आसपासका ४ प्रान्तहरु साईतमा, चिवा, खानगवा र ओशाका प्रान्तहरुमा भने साँझ ७ बजे सम्म मादक पदार्थ विक्रि वितरण गर्न पाइने जापानी संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन्।

जापानमा आगामी जुलाई २३ देखि ८ अप्रिल सम्म हुनलागेको ओलम्पिक २०२० संकटकालिन अवस्थामा सम्पन्न हुनेछ। जापानमा हालसम्म करिव ८१०,००० कोरोना संक्रमित पुष्टि भएको छ भने करिव १४९०० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । यहाँ करिव १५% जापानी नागारिकले पूर्ण रुपमा कोभिड भ्याक्सिन लगाएका छन अमेरिकामा ४७.४% र बेलायतमा करिब ५०% जनसंख्याले भ्याक्सिन लगाई सकेको अवस्थामा तुलनात्मक रुपमा जापानमा न्यून संख्या रहेको विश्लेषकहरुले बताएका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय