टोकियो । जापान सरकारले कोरोना भाईरस विरुद्ध खोप लगाएका ब्याक्तिहरुलाई भ्याक्सिन पासपोर्ट उपलब्ध गराउने भएको छ ।
सरकारले जारी गर्न लागेको भ्याक्सिन पासपोर्टका लागि जुलाई २६ तारिक देखि आवेदन खुल्ला गरेको जनाईएको छ ।
प्रमाणपत्र लिनका लागि आफ्नो बसोबास भएको क्षेत्रको वडा कार्यालयमा आवेदन तथा पासपोर्ट बुझाउनु पर्नेछ ।
भ्याक्सिन पासपोर्ट उपलब्ध भएपछि अन्तर्राष्ट्रिय यात्राका लागि सहज हुने भन्दै ब्यापारिक प्रतिष्ठानहरुले आग्रह गरेपछि जापान सरकारले सो का लागि आवेदन खुला गरेको हो ।
खोप पासपोर्ट आवेदन गरेको केही दिनमा निःशूल्क प्राप्त गर्न सकिने जापानी संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।