टोकियो । जापानको राजधानी टोकियोमा विहिवार १९७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ I
ओलम्पिकको पूर्वसन्ध्यामा अत्यधिक संख्यामा कारोना संक्रमण बढेकोले जनमानसमा त्रास श्रृजना भएको छ।
कोरोना संक्रमण नियन्त्रणका लागि टोकियो लगायतका स्थानहरुमा अगष्ट २२ सम्म आपतकाल लगाईएको भए पनि उल्लेख्य रुपमासंक्रमण नियन्त्रणमा आउन सकेको छैन।
आज पुष्टि भएको संक्रमण संख्या हाल सम्मकै उच्च रहेको बताईएको छ ।