टोकियो । टोकियोमा आज (मंगलवार) हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । यहाँ आज २८४८ जनामा संक्रमण देखिएको छ ।
गत हप्ताको तुलनामा आज पुष्टि भएको संक्रमितको संख्या दोब्बर बढी भएको जापानी समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन् । यो हालसम्मकै धेरै संक्रमित संख्या हो ।
ओलम्पिक खेल संचालन भईरहेको टोकियोमा नयाँ संक्रमित संख्याले दैनिक रुपमा किर्तिमान कायम गर्दै गएकाले सर्वसाधारणमा त्रास र भय उत्पन्न भएको छ ।