टोकियो । आईतबार सम्पन्न एनआरएनए जापानको अध्यक्ष पदमा नबिन निउरे निर्वाचित हुनुभएकाे छ। निउरेले २९ सय ५५ मत प्राप्तगरी विजयी हुनुभएकाे छ । अध्यक्षका निकटतम प्रत्याशी संगीता अधिकारीले १२२० मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी बिजयी हुनुभएकाे छ।
कार्यसमितिको महासचिव पदमा टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचित भएका छन् । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध चयन हुनुभएकाे थियाे ।
कोषध्यक्ष पदमा दिपक सुनार,सहकोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन। महिला सह कोषाध्यक्षमा अन्जु भण्डारी यस अघिनै निर्विरोध चयन हुनुभएकाे थियाे ।
यसैगरि,महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन हुनुभएकाे छ ।
सदस्य पदमा दिनेश लोहनी, कृष्ण प्रसाद कँडेल, नेत्र प्रसाद पाण्डे, ध्रुब गौतम, रामु कँडेल, बिनय गुरुङ, ज्योति केसी र दिलिप शर्मा निर्वाचित हुनुभएकाे छ ।