कपिलवस्तुका एक र नेपालगञ्जका एक गरी दुइ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै काेराेना संक्रमितकाे संख्या २ सय १९ पुगेकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्ज-८ का ३६ वर्षीया पुरुषमा कोभिड-१९ पोजिटिभ पाइएको थियाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या २१९ पुगेको छ । मंगलबार मात्रै ८३ जनामा कोरानो संक्रमण रहेको पुष्टि भएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।