काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपुरमा पनि एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ। मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर एक जना थपिएसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या २४६ पुगेको जनाएका छन्।
चितवनको भरतपुर अस्पताल कोभिङ-१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार नवलपुरको देवचुली नगरपालिका-१२ निवासी ४९ बर्षीय पुरुष संक्रमित भएको पाइएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमा भएको बताइएको छ।