Homeब्रेकिङ न्युजनेपालमा कोरोनाकै कारण २ जनाकाे मृत्यु ,बाँकेका २५ वर्षीया युवाको मृत्यु भएकाे...

नेपालमा कोरोनाकै कारण २ जनाकाे मृत्यु ,बाँकेका २५ वर्षीया युवाको मृत्यु भएकाे पुष्टि

Sagun Sandesh

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ । उनी नेपालमा कोभिड-१९ बाट  मृत्यु हुने दोस्रो व्यक्ति हुन्। 

बाँकेको नरैनापुर गाउँपालिकाको- ५ नम्बर वडामा बनाइएको  क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको स्वास्थ्य अवस्था असामान्य बनेपछि अस्पताल लैजान नपाउँदै आज बिहान मृत्यु भएको थियो।

हिजो, ३ जेठ साँझ नै उनको स्वाबको नमूना संकलन भइसकेको थियो। आज आएको परीक्षणको नतिजामा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। भारतको मुम्बईबाट आएका उनलाई ३० वैशाखमा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।

यसअघि नेपालमा पहिलोपटक १ जेठमा सिन्धुपाल्चोकी २९ वर्षीया महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हिजाे ३ जेठमा पुष्टि भएको थियो। उनको धुलिखेल अस्पतालमा मृत्यु भएको  थियो। 

Sagun Sandesh

भर्खरै

लोकप्रिय