नेपालगन्ज । भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थप गरिएको छ । स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ भर्ना गरिएको हो । संक्रमितले बेड नपाउने अवस्था आएपछि नेपालगन्ज उपमहानगरपालिकाले अस्थायी अस्पताल निर्माण गरेरसमेत उपचार थालेको छ ।
रामलीला मैदानमा अक्सिजन सहितको ५० बेडको कोभिड आइसोलेसन निर्माण गरिएको छ । ‘बिरामीको अक्सिजन लेभल मेन्टेनका लागि आइसोलेसनमा राख्ने गर्छौं,’ उपप्रमुख उमा थापामगरले भनिन्, ‘सुरुमा अक्सिजन आइसोलेसनको मापदण्डका आधारमा सञ्चालन गरिए पनि अहिले गम्भीर प्रकृतिका कोभिड संक्रमित आउँदा समस्या थपिएको छ ।’ आइसोलेसनमा २५ बेड सञ्चालनमा छ ।