टोकियो । कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको जापानको राजधानी टोकियोमा बिहिबार १ सय ४९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
दिउँसो ५ बजेसम्म जापानी समाचार संस्था एनएचके टेलिभिजनले दिएको तथ्यांक अनुसार टोकियोका विभिन्न स्थानहरुमा १ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाईएको छ ।
हिजो मात्र टोकियोमा १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
यो संगै टोकियोमा मात्र संक्रमित हुनेहरुको संख्या २ हजार ५ सय ९५ पुगेको छ ।
काेराेना भाइरसकाे बढ्दाे जाेखिमलाइ मध्यनजर गर्दै जापान सरकारले देशब्यापीरूपमा संकटकाल घाेषणा गर्ने तयारी गरेकाे जापानी संचार माध्यमहरूले जनाएका छन । यस अघि जापानका विभिन्न ७ वटा प्रान्तहरूमा मे ६ सम्म संकटकाल घाेषणा गरिएकाे थियाे ।