Homeकोशीउदयपुरमा लुकेर बसेका ८ भारतीयलाई पीसीआर परीक्षणमा कोरोना पोजेटिभ

उदयपुरमा लुकेर बसेका ८ भारतीयलाई पीसीआर परीक्षणमा कोरोना पोजेटिभ

Sagun Sandesh

काठमाडौं । उदयपुरमा ८ जनामा पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । सरकारले यसको आधिकारीक घोषणा गरिसकेको छैन ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उहाँहरुको स्वाब नमुना लिएको थियो । स्रोतका अनुसार स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएकोमा आठ जनाको रिपोर्ट पोजेटिभ भेटिएको हो ।

(याे खबर हेल्थपाटीबाट साभार गरिएकाे हाे ।)

Sagun Sandesh

भर्खरै

लोकप्रिय