काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार भेटिएका ६५ वर्षीय कोरोना संक्रमित पुरुष उदयपुरकै मस्जिदको रहेको खुलेको छ। हिजो मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना देखिएको थियो।
बाँकी चारजनाको पुनः परीक्षण गरिएकोमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू अहिले मोरङको टाँडीस्थित क्वारेन्टिनमा छन्।
संक्रमित पुरुषलाई क्वारेन्टाइनबाट भोलि अस्पताल ल्याइने कोसी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए।
यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुगेको छ । दुई जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
आजै मात्र दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धी श्रेष्ठ टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।