Homeमधेशभारतबाट लुकेर घर आएका धनुषाका वडाध्यक्षको आरडिटी रिपोर्ट ‘पोजेटिभ’

भारतबाट लुकेर घर आएका धनुषाका वडाध्यक्षको आरडिटी रिपोर्ट ‘पोजेटिभ’

Sagun Sandesh

काठमाडाैं । लकडाउनका बेला भारतबाट लुकेर नेपाल प्रवेश गरेका धनुषाका एक वडाध्यक्षको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ।

क्वारेन्टाइनमा भर्ना भएका जनकनन्दनी गाउँपालिका-२ का वडाध्यक्षको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो। वडा नम्बर ४ स्थित उच्च माध्यमिक विद्यालय खजुरीमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएको इलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर हिरेन्द्र रोकायाले पुष्टि गरेका छन्।

उनका अनुसार गत चैत २२ गते राति सीमा नाकाबाट लुकिछिपी घर आएका थिए। घर आएपछि उनी क्वारेन्टाइनमा बस्न मानेका थिएन्। पछि स्थानीयले गुनासो गरेपछि प्रहरीको टोली नै पुगेर उनलाई क्वारेन्टाइनमा बस्न दबाब दिएका थिए।

भारतबाट आएको दिन रातभर उनी घरमै बसेपछि स्थानीय त्रसित बनेका थिए। उनी क्वारेन्टाइनमा बसेको १६ दिनपछि आरडिटी जाँच भएको छ। आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर मेसिनबाट कोरोना परीक्षण गर्न स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाइएको छ।


याे पनि पढ्नुहाेस
‘कोरोना सङ्क्रमितमध्ये ९९ प्रतिशतभन्दा धेरै मानिस निको हुन्छन्’
कोरोना सङ्क्रमण भएपछि निकाे हुन कति समय लाग्छ ?

Sagun Sandesh

भर्खरै

लोकप्रिय