कैलाली। सुदूरपश्चिमका पहिलोपटक अस्पतालबाट डिस्चार्ज देखिएका युवक ३० दिनमा काेराेना जितेर सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवकको लगातार दुईपटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो।
दुबईबाट आएका उनमा १४ चैतमा कोरोना पुष्टि भएको थियो।
उनको तीनपटक परीक्षण गर्दासम्म कोरोना रिपोर्ट पोजिटिभ देखाएको थियो। उनी २८ दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्।
यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भइसकेका छन्। अहिले अस्पतालमा तीनजना संक्रमितको उपचार भइरहेको छ।